गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै « Khabarhub

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ यही कात्तिक १९ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ ।

कमिटीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत टेनिसको महिला पुरुष विजेताले रु ८० हजार, दोस्रोले रु ४० हजार र तेस्रोले रु २० हजार पाउने भएका छन् । महिला पुरुष डबल्सको विजेताले रु ४० हजार, उपविजेताले रु २० हजार र तेस्रोले रु १० हजार पाउने आयोजकले जनाएको छ । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमश रु ४० हजार, रु २० हजार र रु १० हजार, पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः रु २५ हजार, रु १५ हजार र रु पाँच हजार पाउनेछन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले क्रमशः रु ३० हजार, रु १५ हजार र रु पाँच हजार, ४५ वर्षमाथि डबल्सकाले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार पाउने आयोजकले जनाएको छ । पुरुष ५५ वर्षमाथिका एकलले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार, ५५ वर्षमाथि डबल्सले क्रमशः रु १५ हजार, रु आठ हजार र रु पाँच हजार र ६५ वर्षमाथिका शीर्ष तीनले क्रमशः रु १५ हजार, रु सात हजार पाँच र रु पाँच हजार पाउनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : २३ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी