गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन « Khabarhub

गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा – जिल्लाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए।

आधारभूत अस्पतालमा बहिरङ्ग, प्रयोगशाला, फामेर्सीलगायतका सेवा उपलब्ध रहेको अधिकृत अधिकारीले सुनाए। त्यसबाहेक एक्सरे, आकस्मिक सेवा तथा बिमा कार्यक्रमसमेत तत्काल विस्तार गर्ने योजना रहेको छ। अस्पतालमा चिकित्सकसहित स्वास्थ्यतर्फ नर्स, स्वास्थ्य सहायक, फार्मेसी सहायक, डेन्टल हाइजिनिष्टलगायतका आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था रहेको अधिकारीको भनाइ छ।

“यस क्षेत्रका नागरिक सामान्य बिरामी परे उपचारका लागि सदरमुकाम र सदरमुकाम बाहिर लैजानुपर्ने बाध्यता रहँदै आएको थियो”, उनले भने, “अब अस्पताल सञ्चालनमा आएसँगै उपचार सेवाका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ।” गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकावासीलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन कसर बाँकी नराख्ने प्रतिबद्धता गरेअनुसार सेवासमेत प्रारम्भ भएको उनले बताए।

“पालिकाभित्र रहेका नागरिकलाई गाउँघर र टोलटोलमामा स्थानीय सरकारको अनुभूति दिलाउने गरी स्वास्थ्य क्षेत्रमा पनि केही नयाँ कामको थालनी गरिहाल्नुपर्छ भन्ने हाम्रो योजना थियो”, गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले भने, “तिनै योजनाअनुरुप आधारभूत अस्पताल सञ्चालन ल्याइएको हो।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ११ : ३० बजे

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण