सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्रीले थाले पहल | Khabarhub Khabarhub

सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्रीले थाले पहल


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्री रवि लामिछानेले पहल थालेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनेबारे छलफल गरेका हुन् ।

सिंहदरबार प्रवेशका लागि मन्त्रालयबाटै पास लिनुपर्ने व्यवस्थाका कारण आम नागरिकले हरेक दिनजसो सास्ति भोग्दै आएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग भेटमा राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरणलाई सहज बनाउन गृहमन्त्रालयले विज्ञ टोलीको गठन गरेकोबारे गृहमन्त्री लामिछानेले जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

साथै कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा पनि छलफल भएको बताइएको छ। कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसक्रममा गृहमन्त्री लामिछानेले देशको पछिल्लो सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्टसमेत पेश गरेका थिए। प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन निर्देशन दिएको बुझिएको छ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ११ : ४२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार