हिसान भक्तपुर टेबलटेनिसमा मोर्डनको वर्चस्व | Khabarhub Khabarhub

हिसान भक्तपुर टेबलटेनिसमा मोर्डनको वर्चस्व


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगितामा मोर्डन स्कुल भक्तपुरले वर्चस्व कायम गरेको छ। प्रतियोगिताअन्तर्गत छात्रातर्फ मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका दिया देउला प्रथम भइन्। प्रतियोगितामा मोडर्न स्कुलकै रविना श्रेष्ठ दोस्रो र जनप्रेमी स्कुल/कलेज कौशलटारका देविना पौडेल तेस्रो हुन सफल भए।

हिसान भक्तपुरको आयोजना र मध्यपुर थिमी कमेरोटारस्थित सुप्रिम एकेडेमीको संयोजनमा सञ्चालित प्रतियोगिताको छात्रतर्फ सुप्रिम एकेडेमी कमेरोटारका रिजेन श्रेष्ठ प्रथम भए। प्रतियोगितामा मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका राज कुँवर दोस्रो र मोडर्न स्कुलकै विकेन डिस्ट तेस्रो भए।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी छात्रा र छात्रतर्फ क्रमश: जनप्रेमी स्कुलका देविना पौडेल र स्वागत बने। सुप्रिम एकेडेमीका प्रिन्सिपल तथा केन्द्रीय हिसानका सदस्य विरेन्द्र जयनाको सभापतित्वमा सञ्चालित प्रतियोगिताको संयोजन सुप्रिम एकेडेमीका इन्चार्ज उदव कार्कीले गरेका थिए।

प्रतियोगिताका विजयी खेलाडीलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। यसअघि प्रतियोगिताको उद्घाटन १४ पुसमा मध्यपुर थिमी नगरपालिका भक्तपुरका उपमेयर विजयकृष्ण श्रेष्ठले गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : २८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस