उत्तरकोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तरकोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल र प्योङयाङको सम्बन्ध थप बिग्रिएको छ । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले शनिबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणमा रहेको अन्तर्देशीय क्षेत्रबाट तीनवटा प्रक्षेपण भएको बताएका छन् । ती क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानबीचको पानीमा अवतरण गर्नुअघि करिब ३५० किलोमिटर पुगेका बताइएको छ । परिक्षण गरिएका क्षेप्यास्त्र दक्षिणकोरियामा प्रहार गर्नसक्ने क्षमताका हुन् ।

संयुक्त चिफ अफ स्टाफले प्रक्षेपणलाई ‘गम्भीर उत्तेजना’ भन्दै त्यसले अन्तर्राष्ट्रिय शान्तिलाई कमजोर बनाउने बताएका छन् । उलने उत्तरकोरियाको कुनै पनि उक्साहटलाई रोक्न दक्षिणकोरिया तयार रहेको बताएको छन् । युएस इन्डो–प्यासिफिक कमाण्डले प्रक्षेपणलाई उत्तरकोरियाको गैरकानूनी हतियार कार्यक्रमको अस्थिर प्रभाव भनेको छ । दक्षिणकोरिया र जापानको रक्षाको लागि अमेरिकी प्रतिबद्धता अटल रहेको कमाण्डले स्पष्ट गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ०९ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल