उत्तरकोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण | Khabarhub Khabarhub

उत्तरकोरियाद्वारा छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव बढेका बेला दक्षिणले पनि उत्तरतर्फ आफ्नै ड्रोन पठाएर जवाफ दिएपछि सोल र प्योङयाङको सम्बन्ध थप बिग्रिएको छ । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले शनिबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणमा रहेको अन्तर्देशीय क्षेत्रबाट तीनवटा प्रक्षेपण भएको बताएका छन् । ती क्षेप्यास्त्र कोरियाली प्रायद्वीप र जापानबीचको पानीमा अवतरण गर्नुअघि करिब ३५० किलोमिटर पुगेका बताइएको छ । परिक्षण गरिएका क्षेप्यास्त्र दक्षिणकोरियामा प्रहार गर्नसक्ने क्षमताका हुन् ।

संयुक्त चिफ अफ स्टाफले प्रक्षेपणलाई ‘गम्भीर उत्तेजना’ भन्दै त्यसले अन्तर्राष्ट्रिय शान्तिलाई कमजोर बनाउने बताएका छन् । उलने उत्तरकोरियाको कुनै पनि उक्साहटलाई रोक्न दक्षिणकोरिया तयार रहेको बताएको छन् । युएस इन्डो–प्यासिफिक कमाण्डले प्रक्षेपणलाई उत्तरकोरियाको गैरकानूनी हतियार कार्यक्रमको अस्थिर प्रभाव भनेको छ । दक्षिणकोरिया र जापानको रक्षाको लागि अमेरिकी प्रतिबद्धता अटल रहेको कमाण्डले स्पष्ट गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ०९ बजे

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई