डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढ्दो | Khabarhub Khabarhub

डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढ्दो


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्ष डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको पाइएको छ ।नेपाल पत्रकार महासङ्घका अनुसार अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, सङ्गठितरूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत् विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ ।

प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ नयाँ तरिका अपनाएर आक्रमण गरेका पाइएको छ ।महासङ्घले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् ।

नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार ५३ वटा घटनामा एक सय ३२ पुरुष र १८ महिला पत्रकारसहित छ वटा सञ्चारसंस्था प्रभावित भएका छन् । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना अभिलेख भएका थिए । जसमध्ये एक सय ९० जना पत्रकार तथा चार सञ्चारमाध्यम प्रभावित भएका थिए ।

सन् २०२२ मा ङ्घ, प्रदेश र स्थानीय सरकारले ल्याएका सञ्चारसम्बद्ध विचाराधीन कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको पाइएको छ । त्यस्ता कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको महासङ्घको भनाइ छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा सन् २०२२ निकै नै चुनौतीपूर्ण वर्ष बनेको महासङ्घका महासचिव रोशन पुरीले बताए । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ(नयाँ तरिका अपनाउने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : ४२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं