विश्व इतिहासमा आज गणतन्त्र चीन स्थापना | Khabarhub Khabarhub

विश्व इतिहासमा आज गणतन्त्र चीन स्थापना


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज १ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

युरोपेली देशमा साझा मुद्रा युरो
सन् १९९९ मा युरोपका ११ देशमा साझा मुद्रा युरो प्रचलनमा आएको थियो। सुरुवाती दिनमा बैंक ट्रान्फरमा युरोले बैधता पाए पनि सन् २००२ को १ जनवरीदेखि नोट तथा सिक्का प्रयोगमा आएका थिए। युरोपेली देशमा साझा मुद्राको प्रयोगसँग ती देशमा व्यापार कारोबार सहज भएको छ।

चेकोस्लाभिया विघटन
सन् १९९३ मा चेकोस्लाभिया विघटन भएको थियो। शान्तिपूर्ण ढंगले चेकोस्लाभिया विभाजित भएपछि चेक रिपब्लिक र स्लोभाक गणतन्त्र स्थापना भएका थिए।

रसिया महासंघको स्थापना
सन् १९९२ मा कम्युनिस्ट मुलुक रसिया महासंघको स्थापना भएको थियो। सोभियत युनियनको विघटनपछि आजकै दिन अर्थात १ जनवरीमा रसिया महासंघ स्थापना भएको थियो।

युरोपेली आर्थिक समुदाय स्थापना
सन् १९५८ मा युरोपेली आर्थिक समुदाय ९इइसी० स्थापना भएको थियो। इइसी अहिलेको युरोपेली युनियनको अग्रज हो।

गणतन्त्र चीन स्थापना
सन् १९१२ मा गणतन्त्र चीन स्थापना भएको थियो। सन् १९४९ मा नाम फेरेर जनगणतन्त्र चीन राखिएको थियो।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ४९ बजे

प्रतिनिधिसभा बैठक : विपद् व्यवस्थापनको पूर्वतयारी गर्न माग

काठमाडौं– प्रतिनिधिसभाका सदस्यहरूले विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सरकारसँग माग गरेका

खानेपानी सुविधाले माङसेबुङवासीलाई ल्याएको खुसी

फिक्क– इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक गाग्री पानी

मोरङ र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

मोरङ– बेलबारी नगरपालिका-१० भाउन्नेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने

चितवन– बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने भएको