बैतडीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न  | Khabarhub Khabarhub

बैतडीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न 


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी– पुषे १५ पर्वको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आनन्दसिंह थापा र कैलाश थापाको टिम प्रथम भएको छ । राजबहादुर बोहरा र प्रकाश विष्टको टिम दोस्रो भएको छ । दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टिम तृतीय हुँदा अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेलकुद विकास समितिका दशरथ चन्द नगर अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि दशरथ चन्द नगरपालिकाका मेयर पुष्करराज जोशी थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी थिए ।

कार्यक्रममा सातजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सरप ठगुन्ना, दौलत खत्री, जनकराज भट्ट, लक्ष्मीराज भट्ट, गोवर्धन राना, चन्द्रसिंह ठगुन्ना र राजबहादुर बोहोरा छन् । उनीहरूलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । पुषे १५ पर्व बैतडीसहित सुदूरपश्चिमका ‘ठूली रात’ पर्वमा रुपमा समेत विशेष तवरले मनाइन्छ ।  

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ३९ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’