३५ मिटरभन्दा लामा मानव निर्मित गुफा भेटिए « Khabarhub

३५ मिटरभन्दा लामा मानव निर्मित गुफा भेटिए


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको नरहरिनाथ गाउँपालिका-९ लालुको काँडाकोटमा मानव निर्मित गुफा भेटिएका छन् । विगतमा राजाको दरबार रहेको क्षेत्रमा दुई मानव निर्मित गुफा भेटिएका हुन् । विगतमा राजाको दरबार भएको क्षेत्रमा करिब ३५ मिटरभन्दा लामा गुफा भेटिएका छन् । ती गुफा राजाले लुक्नका लागि निर्माण गरेको स्थानीयले अनुमान गरेका छन् ।  

काँडाकोटमा प्राचीन खस राजाहरूको दरबार रहेको र त्यहाँ युद्ध लड्नका लागि प्रयोग भएका दुई गुफा भेटिएको नरहरिनाथ-८ लालुका शिक्षक नवराज शाहीले बताए । ‘प्राचीनकालमा राजाको दरबार रहेको क्षेत्र हो’, उनले भने, ‘त्यहाँ पुग्दा प्राचीनकालमा मान्छेले खनेका दुई गुफा भेटिएका छन् ।’

काँडाकोट अग्लो क्षेत्रमा रहेको र अहिले त्यहाँ मानव बस्ती छैन । अहिले त्यहाँ दरबारका भग्नावशेष मात्र रहेको नरहरिनाथ–९ का पूर्व  वडाध्यक्ष जोरबहादुर शाहीले जानकारी दिए । 

‘काँडाकोटमा राजाको दरबारको भग्नाअवेश देख्न सकिन्छ’, उनले भने, ‘त्यहाँ धान कुटने गरेको ओखललगायतका अन्य प्राचीन भग्नावशेष पनि फेला परेका छन् ।’ निकै घना जङ्गलको अग्लो डाँडामा दरबारको अवशेष भेटिएको नजिकै चौर, एउटा प्राचीन ढुङ्गा र कुवा पनि भेटिएको उनले जानकारी दिए । 

मानव निर्मित वस्तु फेला परेका कारणले यसको संरक्षण तथा उत्खनन गरेर यहाँको क्षेत्रका विषयमा अध्ययन गर्न आवश्यक रहेको स्थानीय देवेन्द्रबहादुर शाहीले बताए । ‘विगतको इतिहास अध्ययन गर्न सरकारी तवरबाट नै संरक्षण गर्न आवश्यक रहेको छ’, उनले भने, ‘यी गुफा र दरबार क्षेत्रको उत्खनन गरेर इतिहासका बारेमा जानकारी लिन सकिन्छ ।’

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ४ : ०६ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध