न्यूयोर्कमा प्रहरीमाथि खुकुरी प्रहार, तीन प्रहरी घाइते « Khabarhub

न्यूयोर्कमा प्रहरीमाथि खुकुरी प्रहार, तीन प्रहरी घाइते


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको न्यूयोर्क सहरमा प्रहरीमाथि खुकुरी प्रहार भएको छ । नयाँ वर्षको समयमा न्यूयोर्क सहरको टाइम्स स्क्वायरमा प्रहरीमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट तीन जना प्रहरी घाइते भएका छन् । नयाँ वर्ष मनाइरहेका बेला स्थानीय समयअनुसार राति १० बजे प्रहरीमाथि खुकुरी प्रहार भएको स्काई न्युजले उल्लेख गरेको छ ।

प्रहरी अधिकारी किचन्ट सेवेलले जनाएअनुसार १९ वर्षीय व्यक्तिले प्रहरीमाथि हमला गरेका हुन् । ती व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन । घाइते प्रहरीको टाउकोमा चोट लागेको बताइएको छ । यद्यपि उनीहरुको अवस्था सामान्य रहेको छ ।

घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । पछि उनलाई पक्राउ गरिएको थियो । आक्रमणको उद्देश्यबारे स्पष्ट भइसकेको छैन

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ५७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा