चोरी मुद्दाका अभियुक्त ९ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

चोरी मुद्दाका अभियुक्त ९ वर्षपछि पक्राउ


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा चोरी मुद्दामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ परेका छन् । जबरजस्ती चोरी मुद्दामा जिल्ला अदालत खोटाङबाट नौ वर्षअघि कैद सजाय तोकिएका केपिलासगढी गाउँपालिका–७ सुंदेल घर भई धरान मंगलबारे बस्ने ३२ वर्षीय धानिराम भन्ने धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हालसम्म फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । चोरी मुद्दामा राईलाई जिल्ला अदालतले २०७२ असोज २४ गते चार वर्ष एक ना १५ दिन कैद सजाय तोकेको थियो । राईमाथि ओखलढुंगामा चोरी गरेको मुद्दा परेको थियो । अभियुक्तको ठेगाना खोटाङ भएकाले कारबाहीका लागि ओखलढुंगा प्रहरीले २०७२ सालमा खोटाङमा रेकर्ड पठाएको थियो ।

यस्तै, हलेसी मन्दिरको दान पेटिकाबाट नगद चोरी गरेको अभियोगमा इलाम साक्फारा नगरपालिका–७ कालापानीका २५ वर्षीय रुपेश राई पक्राउ परेका छन् । पक्राउ गरेर चेकजाँच गर्दा राईको साथबाट चार हजार ६९० रुपैयाँ र भारु एक हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । माघ १५ गते राती चोरीको अभियोग लागेका राई विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : २२ बजे

राष्ट्रियसभामा संस्कृतिमन्त्रीको जवाफ- हाम्रो उद्देश्य राम्रो ऐन बनाउने हो

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन

युक्रेनी सैनिकसम्म पुगेको रुसी सेनाको त्यो आवाज…

काठमाडाैं – रेडियो चर्को स्वरमा बज्यो, तर आदेश स्पष्ट थियो–

१८ वर्ष कटेका १९ हजार मतदाता थपिए

काठमाडौं– हरेक वर्ष १८ वर्ष उमेर पुगेका मतदाताको नामावली अद्यावधिक

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का

बागमती प्रदेशसभा : बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ

बागमती– बागमती प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन