बजारमा दुखाइ कम गर्ने पोसाकदेखि डिभाइससम्म | Khabarhub Khabarhub

आधुनिक जीवनयापन

बजारमा दुखाइ कम गर्ने पोसाकदेखि डिभाइससम्म

स्वास्थ्य सहजताका लागि मेडिकल उपचारदेखि पोशाकसम्मको चर्चा


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रजस्वला भएको समयमा हुने दुखाइलाई कम गर्ने नयाँ पहिरन बजारमा आएको समाचारले ३३ बर्सिया पाउला फिस्चरलाई खुसी दिलाएको थियो । अन्य धेरै महिला जस्तै महिनावारीको समयमा उनले पनि असहज महसुस गर्ने गरेकी थिइन् । उनले प्रयोग गर्ने पेन किलरले केही समयलाई मात्र राहत दिन्थ्यो ।

‘महिनावारी भएको समयमा मलाई यत्ति धेरै पीडा हुन्छ कि म ओछ्यानबाट उठेर अरू केही काम गर्न नै सक्दिन’ हंगेरीको बुढापेस्टमा बसोबास गर्ने पाउलाले भनिन् ‘यसले मेरो हरेक कुरालाई असर गरेको छ । मुड, मोटिभेसन र राम्रो काम गर्नमा समेत यसले रोक लगाएको छ ।’

धेरै महिलामा समस्या देखिएपछि दुई वर्ष अघि हंगेरीको सामाजिक सञ्जाल अल्फा फमटेकमा स्वयंसेवक मार्फत एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणको उद्देश्य महिनावारीको समयमा त्यस पोसाकले असर गर्छ या गर्दैन भन्ने पत्ता लगाउनु नै हो ।

त्यसमा सहभागी हुनेले महिनावारीको बारे सम्पूर्ण कुराको जानकारी दिन्थे । त्यस पछि विशेषज्ञ चिकित्सक मार्फत यसको असरको छानबिन गर्थे । त्यस सर्वेक्षणमा पाउला पनि समावेश थिइन् । यसरी परीक्षण गरेर उपयुक्त ठानिएको पोसाकको नाम आर्मेटिस हो ।

बेलायत र युरोपका अन्य देशमा यो पोसाक किन्न सकिन्छ । हिट प्यानलको माध्यमले यसले काम गर्छ । यस्तै खालको पोसाक महिलाले बच्चालाई जन्म दिने समयमा पनि प्रयोग गर्ने गरेका छन् । दुखाइको असरलाई मस्तिष्कसम्म पुग्नबाट यस पोसाकले रोक्ने गर्छ । हिट प्यानलले नै गुप्ताङ्ग र यसको वरपरको मांसपेशीलाई शान्त पार्छ ।

यसलाई सञ्चालन गर्नका लागि हत्केला साइजको ब्याट्री प्याक तथा १० साना मेसिनहरूसँगै पोसाकको बगली जडान गरिएका हुन्छन् । यसलाई वायरलेस तरिकाले प्रयोगकर्ताको मोबाइल फोनमा ब्लुटुथ मार्फत सम्पर्क गराइएको हुन्छ । यसले नै एक खालको तातो दिने गर्छ । यसै तातोले शरीरलाई आनन्द समेत दिन्छ ।

पाउलालले महिनावारीको समयमा पहिलो पटक त्यो वेयर लगाउँदा भिन्न महसुस भएको तथा कुनै पिडा नभएको प्रतिक्रिया दिएकी छिन् । उनी कृत्रिम फेब्राइसको प्रयोगका कारण यी वेयर लगाउँदा आनन्द आउने हुन्छ । उनले त्यस समयमा साइड इफेक्टको प्रयोग नगरेकी होइनन् । महिनावारीको समयमा रक्तस्राव बढी भएको उनको अनुभव छ ।

यो पोसाकको परियोजनाकार अल्फा फमटेककी एक संस्थापक अन्ना सोफिया कार्मोस हुन् । उनले प्रविधिको प्रयोग सहितको पोसाक उत्पादनमा विद्यावारिधि गरेकी छन् । उनका अनुसार रजस्वला भएको समयको पोसाक अझ धेरै महत्त्वपूर्ण हुन्छ । उनकी व्यावसायिक पार्टनर डोरा पल्कजर भने व्यावसायिक पृष्ठभूमिबाट आएकी हुन् ।

पल्कजर यसलाई अझै राम्रो बनाउनका लागि ३ सय ५० महिलासँग रजस्वला स्वास्थ्यका बारे कुरा गरेको बताउँछिन् । यस सल्लाहले पोसाकलाई अझ भरपर्दो बनाउन सहयोग पुग्ने उनको मत छ । यस पोसाकको २ सय २० युरो पर्छ । यसलाई मोडलिङको माध्यम भन्दा स्वास्थ्यका लागि अझ भरपर्दो बनाउन उनीहरूको अध्ययन जारी छ ।

डब्लिनका बस्ने रेबेका पावर प्लेका लागि महिनावारीको समयमा दुखाई मात्र अत्यधिक भएन, इन्डोमेट्रोसिस नामको अर्को शारिरिक समस्या पनि देखिएको छ । पित्तथैलीमा या गर्भाशयमा एक थरी तन्तुको वृद्धिले इन्डोमेट्रोसिसको समस्या हुन सक्छ ।

यसले भित्रका धेरै सन्तुलनलाई बिगार्छ र दुखाइलाई अझ बढाउँछ । रेबेका दुखाइ कम गर्नकै लागि तातो पानीको बोतल सहित हिँड्ने गरेकी छन् । रातको समयमा समेत यसै गतिविधि गर्ने गरेकी छिन् । यसैले उनलाई यो काम अनौठो लाग्ने गरेको छ ।

पाउलालले महिनावारीको समयमा पहिलो पटक त्यो वेयर लगाउँदा भिन्न महसुस भएको तथा कुनै पीडा नभएको प्रतिक्रिया दिएकी छिन् । उनी कृत्रिम फेब्राइसको प्रयोगका कारण यी वेयर लगाउँदा आनन्द आउने हुन्छ । उनले त्यस समयमा साइड इफेक्टको प्रयोग नगरेकी होइनन् । महिनावारीको समयमा रक्तस्राव बढी भएको उनको अनुभव छ ।

गत सेप्टेम्बर देखि भने रेबेकाले अर्को प्रविधिमैत्री पोसाक पाए पछि यसरी तातो पानीको बोतल लिएर हिँड्न छाडेकी छिन् । महिनावारीका समयलाई लक्षित गर्दै बनाइएको सो पोसाक उनका लागि उपयुक्त ठहर भएको छ ।

यो दुखाई कम गर्नका लागि मायोभी नामको अर्को एक डिभाइस पनि यसैसँगै प्रयोग हुने गरेको छ । डिस्क आकारको यसको डायमिटर आठ सेन्टिमिटर हुन्छ । यसलाई चार्ज गरेर प्रयोग गर्ने गरिन्छ । यसको विकल्पको अर्को डिभाइसको पनि प्रयोग हुने गरेको छ ।

रेबेकाले यस अघि महिनावारीको समयमा अत्यधिक दुखाइको महसुस गरे पछि यो प्रविधि अत्यन्त उपयुक्त भएको बताउँदै बजारमा यसको सङ्ख्या बढाउन पनि ध्यान दिइनु पर्नेमा जोड दिइन् ।

अक्टोबर महिनामा बजारमा आएको मायोभीको मूल्य भने ६० युरो मात्र हो । यसमा एउटा डिस्क र अन्य दुई सहयोगी यसलाई अड्याउने सामग्री प्रदान गरिने छ । म्यानचेस्टरमा रहेको एक कम्पनीले यसलाई निर्माण गरेको हो । एनएचएसमा काम गरी रहेको समयमा डा हादमीले टेन्स मसिनको प्रभावकारिता देखेर यसको निर्माणको सोच बनाएका हुन् ।

उनले बोकेर लैजान सक्ने सामान भएमा महिलाले जुन सुकै स्थानमा लिएर जाने तथा यसलाई प्रयोग गर्न सक्ने छन् भन्ने सोचका साथ यो धारणा अघि ल्याएका हुन् । इन्ड्रोमेट्रसिस तथा महिलालाई हुने अर्को रोग पोल्सी साइटिक सिनड्रोमको समस्या हुनेलाई त्यसबाट बचाउन यो अत्यधिक उपयोगी हुने ठहर गरिएको छ ।

न्यु टेक इकोनोमीले यसको बजार व्यवस्थापनको काम गरेको छ । डा. मोटर्न मेडिकल अस्पतालका संस्थापक डा कारेन मोटर्नले भने टेन्स मेसिनले कम गर्ने तरिकाको बारे व्याख्या गरेका छन् । उनले बताए अनुसार सुरुमा मानिसलाई दुखाइ कसरी हुन्छ भन्ने कुराको आधारमा यसको तयारी गरिएको हुन्छ । दुखाइको भावलाई मस्तिष्कसम्म पुग्नका लागि रोम लगाउने प्रविधि नै अहिलेका लागि सबै भन्दा उपयुक्त प्रविधि भएको उनको पनि ठहर छ ।

यसको दीर्घकालीन समाधान भनेको प्रविधिको मात्र प्रयोग होइन । दुखाइको कारण पत्ता लगाउन चिकित्सकको सम्पर्कका जानु अनिवार्य रहेको धेरै चिकित्सक बताउँछन् । महिनावारीको समयमा हुने यस्ता समस्यालाई हेलचेक्र्याइँ गरेमा यसैले कालान्तरमा ठुलो समस्या निम्त्याउन सक्ने महिला स्वास्थ्यविद्हरू बताउँछन् ।

लामो समय देखि स्पाइनल कर्ड, मस्तिष्क तथा नसा रोगको उपचारमा संलग्न चिकित्सक डा। स्टिभ अल्डर पनि महिनावारीको समयमा देखिने समस्या यी सबै विषयसँग पनि सम्बन्धित हुन सक्ने बताउँछन् । उनले टेन्स मेसिन प्रभावकारी देखिए पनि यसको प्रभावकारिताको समय निश्चिन्त नभएका कारण यो नै अन्तिम नहुने बताएका छन् ।

बारम्बार यसको प्रयोगले अन्य समस्या निम्तिन सक्ने या नसक्ने भन्ने पत्ता लगाउन लामो अध्ययनको जरुरी भएको उनको मत छ । उनको विचारमा पनि यसको प्रयोग दुखाइ कम हुने भए पनि भित्री समस्या बल्झिँदै गएमा यसले कालान्तरमा ठुलो संकट पनि ल्याउन सक्ने छ ।

मायुभीका उत्पादक डा. हाम्दी पनि यसको उपयोग कत्ति लामो समयसम्म हुन सक्छ भन्ने विषयमा अनिश्चित नै रहेको बताउँछन् । बुढापेस्टमा रहेकी पाउलाको विचारमा भने यस वेयरले महिलाको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्ने छ । उनी बजारमा सहजै यसको व्यवस्थापन हुने दिनको प्रतीक्षा गरी रहेकी छिन् ।

(श्रोत : बीबीसी)

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ०८ बजे

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका

खुमलटारमा रवीन्द्र मिश्र, प्रचण्डलाई भने : राजतन्त्र नफर्काए देश विस्फोटतिर जाँदैछ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय

नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ सय अंक तल झरेको

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी

मुखमा कालो टेप टाँसेर सडकमा दुर्गा प्रसाईंका समर्थक (तस्बिरहरू)

काठमाडौं- बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ