सर्वसाधारणका लागि खुल्यो शुभम् पावरको आईपीओ « Khabarhub

सर्वसाधारणका लागि खुल्यो शुभम् पावरको आईपीओ


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुभम् पावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलागरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८८२ कित्ता आईपी‌‌ओ ओसर्वसाधारणहरुका लागी निष्काशन गरेको हो । यस कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरिसकेको छ र २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरीएके छ । कम्पनीले कर्मचारीहरुका लागि ११ हाजर ६१० कित्ता छुट्याइएको छ ।

यस कम्पनीमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशनअवधि फागुन ३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिनु सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : २२ बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर