मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित | Khabarhub Khabarhub

मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा संकटमा पर्दै गएको बताए । उनले भने ,’बर्सेनि मौरीको महका लागि बगैँचा, फूलको अभाव छ, अर्कातिर कृषकले रासायनिक मल, विषादी प्रयोग गरेर खेती गर्दा अधिकांश मौरी विषादीले मर्ने गरेका छन् ।’

सिद्धिपुरका दीपक मगरले विभिन्न कारणले मौरी मासिन थालेको छ भने। त्यसैले मौरीका घार रित्तिने सम्भावना बढेको उनको भनाइ छ । चौदण्डी नगरपालिकाको रानीबास, बबला, सावासिद्धपुर क्षेत्रमा चार वर्षयता झन्डै ६ सय आधुनिक घार मौरी व्यावसायिक रुपमा पालन हुँदै आएको छ । कृषकले सोचेजस्तो मह उत्पादन गर्न नसक्दा व्यावसायिक रुपमा घाटा ब्यहोर्नु परेको रानीबासका कृषक देवराज बिष्टको गुनासो छ ।

बेलका क्षेत्रका ४० कृषकले झन्डै सात सय ५० घार मौरीपालन गरेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बताउँछन् । प्रमुख कार्कीका अनुसार मौरीको चर्ने तथा मह संकलन गर्ने स्थान, रूख बिरुवा, तरकारी, तोरी खेतीमा विषादी प्रयोग गर्दा मौरी मर्ने वा मासिने कारण कृषकले सोचेजस्तो फाइदा लिन सकिरहेका छैनन् ।

कार्कीले अहिले नगरपालिका जिल्लाकै व्यावसायिक मौरीपालनमा अब्बल रहेको दाबी गरे । बेलकामा परम्परागत डुडेमौरी पालन परिवर्तन गरेर धेरै कृषकले आधुनिक घारेमौरी सुरु गरेको स्थानीय सुजनकुमार बिष्ट बताउनुहुन्छ । कटारी नगरपालिकाको रिस्कु, सिरीसे, हर्देनी, सोरुङछबीसे क्षेत्रमा व्यावसायिक रुपमा मौरीपालन बढेको छ । 

 कटारी रिस्कुका ६८ वर्षीय कृषक धनबहादुर खत्री २०६७ सालदेखि आफू निरन्तर मौरीपालन पेसामा रहेको बताउँछन् । मौरी मासिने क्रम बढ्दै गएपछि सोचेजस्तो मह उत्पादन गर्न नसकिएको उनको अनुभव छ । 

मध्यपहाडी क्षेत्रको उदयपुरगढीको भलायाँडाडाँ, डुम्रे र रौतामाई गाउँपालिकाको रौता, मुर्कुची, बोलुङखा, भुटार, नामेटार र मलबासे क्षेत्रका कृषकले पनि  यस्तै समस्या भोगेको उनीहरुको भनाइ छ ।  जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार २०७४ सालसम्म जिल्लामा पाँच सय घार डुडे र चार सय जति घारे मौरीघार थियो । 

अहिले जिल्लामा सात सय घारसम्म परम्परागत डुडें मौरीपालन र झन्डै एक हजार एक सय आधुनिक मौरीपालन घार रहेको  कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउँछन्। बेलका नगरपालिका सेतीखोलाका कृषक कृष्णप्रसाद ढुङ्गानाले तीन वर्ष अघिसम्म आधुनिक मेलिफेरा मौरीको एक घारमा एक वर्षमा १५ देखि २० केजीसम्म मह आफूले उत्पादन गर्न सफल भएको अनुभव बताउँछन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ५८ बजे

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन

थप सय वटा स्मार्ट विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस