प्रहरी चौकीमा हमलाको प्रयासलाई असफल तुल्यायौँ : पाकिस्तानी प्रहरी « Khabarhub

प्रहरी चौकीमा हमलाको प्रयासलाई असफल तुल्यायौँ : पाकिस्तानी प्रहरी


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी सुरक्षा अधिकारीले पञ्जाब प्रान्तको प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याइदिएको बताएका छन् ।

पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यराततिर ठूलो सङ्ख्यामा आतङ्ककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए ।

मध्यरातमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरुको प्रयासलाई असफल तुल्याएको पन्जाब प्रान्तको प्रहरीले जनाएको छ ।

पन्जाब प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका र रातिको समयमा सो चौकीमा क्षति पुर्‍याउने गरी आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताए ।

सो प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास भएको र प्रहरीले उक्त प्रयास पनि यसैगरी असफल तुल्याएको जनाइएको छ । त्यसैले यस पटक आतङ्ककारीहरु ठूलो संख्यामा आएका बताइएको छ ।

रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतङ्ककारीहरुलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतङ्ककारी घाइते भएका पनि प्रवक्ता अनबरले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ४८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको