लमजुङमा ५ हजार सवारीसाधन कारबाहीमा « Khabarhub

लमजुङमा ५ हजार सवारीसाधन कारबाहीमा


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ– ट्राफिक प्रहरी कार्यलय लमजुङले ६ महिनाको अवधिमा सवारी नियम उल्लघंन गर्ने ४ हजार ९५० सवारीसाधन कारवाही गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा भएका कारबाहीबाट ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । 

पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । दैनिकजसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गर्ने गरिएको छ।  

सवारी दुर्घटनालाई न्यूनिकरण गर्न र ट्राफिक नियम पालना गरेर मात्रै सवारी चलाउन सन्देश दिने लक्ष्यका साथ दैनिक चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङले जनाएको छ । 

सवारी कारबाहीबाट ६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लघंन गर्नेमा सबैभन्दा बढी २ हजार २ सय २२ मोटरसाइकल रहेको छ । १ हजार ३०५ कारजीप, ६२५ ट्रक टिप्पर, २९४ बस, ३१२ ट्याक्टर र अन्य १९२ गरि ४ हजार ९५० सवारी कारबाही गरिएको हो । 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ५५ बजे

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीको प्रदर्शन

काठमाडौं- विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीहरूले

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।