आर्थिक अभावमा घाइते बालकको उपचारमा समस्या  « Khabarhub

आर्थिक अभावमा घाइते बालकको उपचारमा समस्या 


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक अभावका कारण तातोपानीले जलेर घाइते भएका बालकको उपचारमा समस्या परेको छ ।  बागलुङ गलकोट नगरपालिका ८ काँडेबास थालेपोखराका केहरसिंह विश्वकर्मा र पुनम विश्वकर्माका ८ वर्षीय छोरा सुलभ विश्वकर्माको उपचारमा समस्या परेको हो ।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार खेल्ने क्रममा पानी उम्लिरहेको ताउलोमा परेपछि उनको शरीरको पछाडिको भागको छाला गएको छ भने उनको कम्मर, हिप र ढाडमा बढि असर देखिएको छ । घटनालगत्तै परिवारले घाइते बालकलाई उपचारको लागि गलकोट नगरपालिका ३ हटिया बजार स्थित आरोग्य अस्पतालमा लगेका थिए ।

त्यहाँ उनको सामान्य उपचार पछि स्वास्थ्य अवस्था जटिल रहेको भन्दै अस्पतालले त्यहाँबाट रिफर गरेको अस्पतालका डाक्टर टंक चालिसेले जानकारी दिए ।

उनको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । अस्पतालले बालकको उपचारमा खर्च धेरै लाग्ने बताएपछि परिवार चिन्तामा परेको छ । आर्थिक अवस्था निकै नै कमजोर रहेको बालकको परिवारले उपचारमा सहयोग गरिदिन सबैमा अपिल समेत गरेको छ ।

बालकका बाबु अहिले रोजगारीको सिलसिलामा भारतमा छन् । उनले आफ्नो छोराको उपचार गर्न अस्पतालमा धेरै रकम खर्च हुने देखिएको र रकम समयमा नै जोहो गर्न आफूहरुलाई निकै कठिन भएको भन्दै सबैमा सहयोगको लागि अनुरोध पनि गरेका छन ।

गाउँमै सामान्य खेतीपाती गर्दै परिवारको जीविकोपार्जन गर्दै आइरहेको उक्त परिवारलाई अहिले घाइते बालकको उपचारमा आवश्यक पर्ने रकम सङ्कलन गर्न निकै अप्ठ्यारो परेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ५ : ५० बजे

बाढी र पहिरोले अरनिको र बिपीसहितका मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर