प्रेस चौतारीद्वारा पुरस्कृत ६ पत्रकारको नाम सार्वजनिक  | Khabarhub Khabarhub

प्रेस चौतारीद्वारा पुरस्कृत ६ पत्रकारको नाम सार्वजनिक 


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएको छ ।

संगठनको सचिवालय बैठकले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष चापागाईंलाई हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

समितिले यस वर्षको अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट लमजुङका पत्रकार कृष्ण केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, बीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यस्तै, सावित्री-पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई पुरस्कृत गर्ने निर्णय भएको छनोट समितिका संयोजक रघु मैनालीले जानकारी दिए ।

प्रेस चौतारीले आफ्नो स्थापना दिवस माघ २२ गते हृदयचन्द्र सिंह प्रधानसहित ६ वटा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष प्रदान गर्ने पुरस्कारका लागि आज नाम सार्वजनिक भएको हो । प्रेस चौतारीले आफ्नो स्थापना दिवसमा बिभिन्न रचनात्मक कामसमेत गर्दै आएको छ ।

प्रेस चौतारीको यही माघ ९ र १० गते बसेको सचिवालय बैठकले बरिष्ठ पत्रकार मैनाली संयोजक तथा उपाध्यक्ष देबिका जिएम र महासचिव हिरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिले अन्तिम निर्णय गरी केन्द्रीय कार्यालयलाई नाम बुझाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : २५ बजे

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा

दोधारा चाँदनी– कञ्चनपुरमा सार्वजनिक सवारिसाधन सञ्चालनमा आएका छन् । ‘जेनजी’

मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो)

काठमाडौं– पूर्वोत्तर राज्य मणिपुर पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको

अनेरास्ववियुले गर्‍यो रक्तदान  

काठमाडौं– एमाले निकट अनेरास्ववियुले रक्तदान गरेको गरेको छ । आज

राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै