महानगरद्वारा हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु « Khabarhub

महानगरद्वारा हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । 

मंगलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेतको उपस्थितिमा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । महानगरले सोही अध्ययन प्रतिवेदनका आधारमा पार्क निर्माण गर्नेछ । 

छ कठ्ठा क्षेत्रफलमा फैलिने उक्त पार्कमा अत्याधुनिक प्रवेशद्वारसहित स्वीमिङ पुल, जीपलाइन, भुलभुलैया, पार्किङ, कफीसप, फाउन्टेनलगायतका सुविधा हुनेछन् । महानगरले चालु आर्थिक वर्षका लागि रू एक करोड रकम विनियोजन गरेको छ । प्रमुख कोइरालाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताउँदै १० दिनभित्र अन्तिम अध्ययन प्रतिवेदन बुझाउन परामर्शदातालाई निर्देशनसमेत दिए ।

प्रतिवेदनले अन्तिमरूप लिएपछि ठेक्का प्रक्रियाबाट काम अगाडि बढाइने छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : ३९ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास