राष्ट्रसंघद्वारा सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग « Khabarhub

राष्ट्रसंघद्वारा सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघले सुडानमा रहेका शरणार्थीका लागि सहयोगको माग गरेको छ । संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग शरणार्थीलाई सहयोग गर्नका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विगतदेखि नै यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो ।

विभिन्न ४१ वटा सङ्घसस्था तथा देशहरुलाई राष्ट्रसंघीय उच्च आयोगले सुडानका शरणार्थीका लागि सहयोगको आग्रह गरेको हो । हाल सुडानमा नौ लाख शरणार्थी रहेका र उनीहरुका लागि आवश्यक खाद्यान्न एवं अन्य सहयोग आवश्यक परेको बताइएको छ ।

उक्त आयुक्तको कार्यालयले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सन् २०२३ का लागि आवश्यक आर्थिक सहयोग गर्न विश्वका विभिन्न देशलाई आग्रह गरेको हो । सुडान अफ्रिकी देशमा शरणार्थीहरुलाई शरण दिइरहेको दोस्रो ठूलो मुलुक हो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ०२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार