मलखादको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री साह « Khabarhub

मलखादको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री साह


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार तत्पर रहेको बताएकी छिन् ।

पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बर्सेनि हुने मलखादको समस्या सरकारले गम्भीरतापूर्वक लिएको र यसको दीर्घकालीनरुपमा समाधानका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

किसानलाई समयमै मलखाद, बीउबिजन र कृषि उपकरण उपलब्ध गराउन सरकारले ठोस योजना बनाइरहेको उल्लेख गर्दै मन्त्री साहले परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनुपर्ने औँल्याइन् ।

किसानलाई मल अभाव हुन नदिन कम्तीमा छ महिनासम्मका लागि माग धान्ने गरी व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले मलखादको अभाव हुन नदिन समयमै मल खरिद प्रक्रिया सुरु गरिने जानकारी दिइन् ।

मन्त्री साहले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरेकी थिइन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : २५ बजे

‘रङ नम्बर’ विवादले दाजुभाइकै हत्या, आपराधिक पृष्ठभूमिका थिए छुरा हान्ने सञ्जीव

ललितपुर- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी