राप्रपाको नीति : माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने   « Khabarhub

राप्रपाको नीति : माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने  


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाग्मती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ ।

नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशबाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढ्ने संकेत गरेको हो ।

मुख्यमन्त्री कार्कीसँग हिजो बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन् । ‘राप्रपाका साथीहरुले सरकारबाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर जानु पर्छ भन्ने धारणा राख्नु भएको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार सरकार र संसदमा मिलेर जाने बारेमा दुवै पार्टी बिच घनिभूत छलफल भएको छ ।

यता, कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिएकी छन् । राप्रपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरे पछि कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो । बुधवार नै संसद सचिवालयमा गएर समर्थन फिर्ता लिएको सांसद शाहीले जानकारी दिएकी छन् ।

बाग्मती प्रदेशमा रहेका तीन मन्त्रीले आइतवार नै सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई सकेका छन् । माओवादीका शालिकराम जम्मेरकट्टेल  नेतृत्वको सरकार मा रहेका तीन मन्त्रीहरु मा खानेपानी मन्त्री उद्धव थापा, ऊर्जा तथा सिँचाइ मन्त्री डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारी मन्त्री राजु बिष्टले राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : १८ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ