लदी पर्वको संरक्षणमा माझी समुदाय « Khabarhub

लदी पर्वको संरक्षणमा माझी समुदाय


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत- पछिल्लो समय लोप हुँदै गएको लदी पर्वको संरक्षणमा यहाँको माझी समुदाय लागिपरेको छ । मालढुङ्गाको माझी समुदायले मङ्गलबार यो पर्व धुमधामसँग मनाएका छन् ।

सडक निर्माण तथा नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने र डुङ्गा (नाउ) मा सर्वसाधारणलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व पनि हराउँदै गएको थियो । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा यसअघि लदीपूजा हुन सकेको थिएन । अल्पसङ्ख्यक माझी समुदाय सधैँ खोला र नदीको नजिक बस्ने गर्छन् । उनीहरु यसैमाथि आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ ।

लदीपूजा गर्दा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा कुनै जोखिम आउँदैन भन्ने विश्वास माझी समुदायको छ । साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता छ । वर्षात्को समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्‍याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय बलबहादुर माझीले बताए ।

लदीपूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्युचोली र फेटा इस्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा समेत यसको महत्व उजागर गर्न आवश्यक रहेको उनले सुनाए । माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ । माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ ।

पर्वत र बागलुङको सङ्गमस्थल मालढुङ्गामा झन्डै तीन सय माझी समुदायका परिवार बस्दै आएका छन् । पोखरा–बागलुङ सडक खुलेपछि सोही आयोजनामा काम गर्न माझी समुदाय यहाँ बस्दै आएको हो । उनीहरु हाल कालीगण्डकी नदीबाट बालुवा निकालेर बिक्री गर्ने तथा बङ्गुरपालन लगायतका व्यवसाय गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ३७ बजे

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको साथ, कार्यान्वयनको बाटो खोलिदियो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित

सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ