किसानलाई किवी भण्डारणको समस्या | Khabarhub Khabarhub

किसानलाई किवी भण्डारणको समस्या


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् । किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किवीखेती गर्न थालिएको छ । किवी फल मुटुरोग, उच्च रक्तचाप घटाउन, पाचन प्रक्रिया सहज बनाउन, शारीरिक तौल घटाउन, छालाको रोग हटाउन, दृष्टि बढाउन, क्यान्सर रोग निको पार्नलगायतमा उपभोगी मानिएको छ ।

अमरगढी नगरपालिका–१ दहका गणेशबहादुर ऐरले रु ३० लाखको लगानीमा १० रोपनीमा किवीखेती गर्दैआएका छन् । वार्षिक ४० क्विन्टल किवी उत्पादन गरी पर्याप्त आम्दानी गरिरहेको उनी बताउँछन् । पहाडी भूगोलको किवी बढी गुणस्तरीय हुने भएकाले डडेल्धुराको किवी तराई र काठमाडौँसम्म बिक्री भइरहेको छ । तर किसानलाई उत्पादन भएको किवी भण्डारण गर्न समस्या भएको छ । भण्डार समस्याबाट जिल्लाका करिब ६० किसान मर्कामा परेका छन् ।

जिल्लामा एउटा मात्र शीतभण्डार छ । त्यसमा पनि आलु भण्डारण गर्ने गरिएको छ । शीतभण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयसित छलफल गरिरहेको छ । डडेल्धुरामा किवी भण्डारणका लागि शीतभण्डार निर्माणको पहल भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य प्रतिकिलो रु पाँच सय रहेको छ । अहिले रु दुई सय ५० देखि रु तीन सयसम्ममा बिक्री भइरहेको किसान बेदप्रकाश भट्टले बताए । “किवीका उपभोक्ता बढेका छन्, घरमै किन्न आउने भएकाले यसको उत्पादनतर्फ अरु किसान आकर्षित भएका छन्”, उनले भने ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ४० बजे

विद्युत महसुल विवाद : किस्ताबन्दीभन्दा आयोगको प्रतिवेदन कार्यान्वयनमै उद्योगीको जोडबल

काठमाडौं- गएको असार २७ गते नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको

निजी क्षेत्रलाई नयाँ सरकार रिझाउने हतारो, सिंहदरबारमा ‘आसेपासे पुँजीवाद’को गन्ध

काठमाडौं– सत्ता गठजोड फेर्दै संसद्का दुई ठूला दल नेपाली कांग्रेस

बैंककको तारे होटलमा ६ पर्यटकको मृत्यु- चियामा हालिएको थियो साइनाइड

बैंकक- थाइल्यान्डको राजधानी बैंककस्थित ग्रान्ड हयात होटलमा ६ जनाको ज्यान

विपद्जन्य घटनामा परी मृत्यु हुनेको संख्या एक सय २४ पुग्यो

काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न

दुईतिहाइ जुटाउने ओलीको कसरत, साना दललाई फकाउँदै

काठमाडौं- आगामी आइतबार विश्वासको लिने निर्णयमा पुगेका प्रधानमन्त्री केपी शर्मा