गणतन्त्रका संवाहक हौँ भन्नेहरु नसच्चिए दुर्घटनाको जोखिम छ : कमल थापा « Khabarhub

गणतन्त्रका संवाहक हौँ भन्नेहरु नसच्चिए दुर्घटनाको जोखिम छ : कमल थापा


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरु राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा संलग्न रहेको भन्दै तीव्र रोष प्रकट गरेका छन् ।

पूर्वराष्ट्रप्रमुख र पूर्वप्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण रहेको थापाको भनाइ छ ।

आज काठमाडौंमा पार्टीसम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्रकै विकल्प खोज्दै जनता सडकमा आउन बाध्य हुने चेतावनी दिए ।

थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएको बताउँदै यसले व्यवस्था परिवर्तन हुन सक्ने चेतावनी समेत दिए । उनले गणतन्त्रका संवाहक हौँ भन्नेहरु नसच्चिए ठूलो दुर्घटना अवश्यमम्भावी रहेको दाबी गरे ।

‘गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन् , ठूला नेताहरु ब्रम्हलुटमा लिप्त छन् ।’ थापाले भने, ‘यो दुर्घटनाको सङ्केत हो ।’ भ्रष्टाचार ,बेरोजगारी , कुशासन, धर्मपरिवर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ०६ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा