फिदिममा कार दुर्घटना : एक जनाको मृत्यु, चार घाइते « Khabarhub

फिदिममा कार दुर्घटना : एक जनाको मृत्यु, चार घाइते


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको फिदिम नगरपालिकास्थित कान्छि दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुई सय मिटर तल खसेर कार दुर्घटना भएको हो ।

दुर्घटनामा झापा बिर्तामोड नगरपालिका-४ नमुना टोल निवासी १८ वर्षीय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ४० वर्षीय सिता भुजेल, ४५ वर्षीय राजु भुजेल र ३९ वर्षीय मिना भुजेल गम्भीर घाइते भएका छन्। १३ वर्षीय राजमोहन भुजेल सामान्य घाइते भएको र उनीहरू एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।

करिब सात बजे बाक्लो हुस्सुसँगै वर्षा भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घाइतेहरूलाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ३४ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा