महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी « Khabarhub

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ ।

अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । “स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ”, अध्यक्ष भट्टले भने, “अर्को हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौँ”, उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति माग गरेर अहिले तालिम गरिरहेको बताए ।

यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । “करिब रु एक करोडको लागतमा मेसिन खरिद गरेर अस्पतालमा तयारी अवस्थामा छ”, उनले भने, “तत्काललाई दुई चरणमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौ ।”

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले अस्पतालमा सेवा सञ्चालनको तायरी भइरहेको बताए । “सङ्घीय सरकारबाट आएको बजेट कटौती पनि भयो विभागबाट अनुमति पाउन समेत ढिलाइ भयो”, डा भट्टले भने, “अहिले प्रदेश सरकारको पनि सहयोग मिलेको छ सेवा छिट्टै सुरु हुन्छ ।”

महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नुपरेको यहाँका सेवाग्राहीको गुनासो छ । “धनगढीको सेती अस्पतालमा मात्रै डायलासिस हुन्छ त्यहाँ बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, स्थानीय गोपाल जोशीले भने, “हामीले बाध्य भएर उपचारका लागि भारत जानुपर्छ ।” उनले महाकाली अस्पतालमा सेवा पाए यहाँका थुप्रै बिरामीलाई सहज हुने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १० : ३१ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको