पाकिस्तानको कराँचीमा भागदौड हुँदा १२ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको कराँचीमा भागदौड हुँदा १२ जनाको मृत्यु


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको कराँचीमा रहेको एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । घटनामा अरु दर्जनौँ घाइते भएका छन् । मृतकहरूमध्ये नौ जना महिला र तीन जना बालबालिका रहेका छन् ।

निःशुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।

कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  २ : ०४ बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार