वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु : श्रममन्त्री भण्डारी | Khabarhub Khabarhub

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु : श्रममन्त्री भण्डारी


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।

आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुगेका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताएका हुन् ।

“अर्थतन्त्रमा रेमिट्यान्समा महत्वपूर्ण योगदान पुर्‍याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने मेरो पहिलो प्रयास हुनेछ”, उनले भने ।

विभिन्न देशमा रोजगारीका लागि गैरकानूनी ढङ्गले जाने अवस्था सिर्जना भइरहेको भन्दै उनले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी, गैरकानूनी कामको अन्त्य गर्दै श्रमिकको हकहितका लागि काम गर्ने सम्मानित मन्त्रालयका रुपमा अगाडि बढाउन आफू लागिपर्ने बताए ।

जनताले अनुमोदन गरेको गठबन्धनको सरकार बनेको भन्दै यो स्थायी र दीर्घकालसम्म जाने दाबी गरे । सो अवसरमा उनले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका