पीएसजीमाथि लोरिएन्टको जित | Khabarhub Khabarhub

पीएसजीमाथि लोरिएन्टको जित


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ।

फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पीएसजी घरेलु मैदानमा आइतबार राति भएको खेलमा लोरिएन्टसँग ३–१ ले पराजित भएको हो।

पार्क डेस प्रिन्सेस पेरिसमा खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट लोरिएन्टले सुरुवाती अग्रता लियो तर, २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याई दिए।

डारलाइन योङ्वाले ३९औं मिनेटमा थप गोल गरे पछि लोरिएन्ट पहिला हाफमा २–१ को अग्रता लिन सफल भयो।

डिफेन्डर अचरफ हाकिमी १५ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिनु पर्‍यो। जसकाकारण पनि लोरियन्टसँग पीएसजीले १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो।

खेल सकिन केही समय बाँकी रहँदा ८८औं मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दा लोरिएन्टले ३–१ को अन्तर कायम गर्न सफल भयो। त्यसपछि कतैवाट पनि गोल हुन सकेन र, घरेलु मैदानमा पीएसजी ३–१ ले पराजित हुन पुग्यो।

यस खेलमा पराजय भए पनि पीएसजी ३३ खेलबाट ७५ अंकसहित शीर्षस्थानमा छ भने लोरिएन्ट ३३ खेलबाट ४८ अंकसहित १०औं स्थानमा छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ४० बजे

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा