पीएसजीमाथि लोरिएन्टको जित « Khabarhub

पीएसजीमाथि लोरिएन्टको जित


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ।

फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पीएसजी घरेलु मैदानमा आइतबार राति भएको खेलमा लोरिएन्टसँग ३–१ ले पराजित भएको हो।

पार्क डेस प्रिन्सेस पेरिसमा खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट लोरिएन्टले सुरुवाती अग्रता लियो तर, २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याई दिए।

डारलाइन योङ्वाले ३९औं मिनेटमा थप गोल गरे पछि लोरिएन्ट पहिला हाफमा २–१ को अग्रता लिन सफल भयो।

डिफेन्डर अचरफ हाकिमी १५ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिनु पर्‍यो। जसकाकारण पनि लोरियन्टसँग पीएसजीले १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो।

खेल सकिन केही समय बाँकी रहँदा ८८औं मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दा लोरिएन्टले ३–१ को अन्तर कायम गर्न सफल भयो। त्यसपछि कतैवाट पनि गोल हुन सकेन र, घरेलु मैदानमा पीएसजी ३–१ ले पराजित हुन पुग्यो।

यस खेलमा पराजय भए पनि पीएसजी ३३ खेलबाट ७५ अंकसहित शीर्षस्थानमा छ भने लोरिएन्ट ३३ खेलबाट ४८ अंकसहित १०औं स्थानमा छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ४० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको