तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, अमला ९० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, लोकल घिउ सिमी ३५ रुपैयाँ, घिरौँला ५० रुपैयाँ, चमसूरको साग १२० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैयाँ, लोकल परवर ८० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १२० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २०० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ०६ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४