इन्जुरी समयमा लिभरपुलको रोमाञ्चक जित « Khabarhub

इन्जुरी समयमा लिभरपुलको रोमाञ्चक जित


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आश्चर्यजनक जित दर्ता गरेको छ।

लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परलाई ४–३ को अन्तरले पराजित गर्दै अन्तिम समयमा जीत निकालेको हो।

आइतबार राति एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गरे पछि लिभरपुलले १–० को अग्रता लिन सुरु गरेको थियो। त्यसको दुई मिनेट पछि लुइस डियाजले थप गोल गर्दै लिभरपुलको अग्रता पाँच मिनेटमा नै दोब्बर पारे।

लिभरपुल यसै रोकिने पक्षमा थिएन, मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल १५औं मिनेटमा पुग्दा ३–०को अग्रता लिन सफल भयो।

तर, खेलको ४०औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे पछि टोटनहोमले लिभरपुललाई ३–१ को स्थीतिमा ल्याउन सफल भयो। र, पहिलो हाफ ३–१ को स्थीतिमा टुंगियो।

दोस्रो हाफको ७७औं मिनेटमा टोटनहोमका सनले क्रिष्टियन गोल गर्दै खेललाई ३–२ को स्थितिमा फर्काए।

इन्ज्युरी समय तेस्रो मिनेटमा रिचार्लीसनले सनको पासमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याईदिए। तर, त्यसको एक मिनेटपछि नै जोटाले गोल गर्दै लिभरपुललाई ४–३ को आश्चर्यजनकजित दिलाए।

यस जितसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित टोटेनहम ३४ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ३० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै