इन्जुरी समयमा लिभरपुलको रोमाञ्चक जित « Khabarhub

इन्जुरी समयमा लिभरपुलको रोमाञ्चक जित


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आश्चर्यजनक जित दर्ता गरेको छ।

लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परलाई ४–३ को अन्तरले पराजित गर्दै अन्तिम समयमा जीत निकालेको हो।

आइतबार राति एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमा कर्टिस जोन्सले गोल गरे पछि लिभरपुलले १–० को अग्रता लिन सुरु गरेको थियो। त्यसको दुई मिनेट पछि लुइस डियाजले थप गोल गर्दै लिभरपुलको अग्रता पाँच मिनेटमा नै दोब्बर पारे।

लिभरपुल यसै रोकिने पक्षमा थिएन, मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल १५औं मिनेटमा पुग्दा ३–०को अग्रता लिन सफल भयो।

तर, खेलको ४०औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे पछि टोटनहोमले लिभरपुललाई ३–१ को स्थीतिमा ल्याउन सफल भयो। र, पहिलो हाफ ३–१ को स्थीतिमा टुंगियो।

दोस्रो हाफको ७७औं मिनेटमा टोटनहोमका सनले क्रिष्टियन गोल गर्दै खेललाई ३–२ को स्थितिमा फर्काए।

इन्ज्युरी समय तेस्रो मिनेटमा रिचार्लीसनले सनको पासमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याईदिए। तर, त्यसको एक मिनेटपछि नै जोटाले गोल गर्दै लिभरपुललाई ४–३ को आश्चर्यजनकजित दिलाए।

यस जितसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित टोटेनहम ३४ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ३० बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको