नेतृत्वमा राजनीतिक सुझबुझ देखिएन | Khabarhub Khabarhub

नेतृत्वमा राजनीतिक सुझबुझ देखिएन

देशमा बुद्धिजीवीको कमी भयो


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वैशाख १० को उपनिर्वाचनको परिणामले ठूला दललाई सुधारका लागि स्पष्ट सन्देश दिएको छ। ठूला दलहरूले यो सन्देशलाई ग्रहण गरेका छन्। नयाँ राजनीतिक समीकरण बन्ने विषयले चर्चा पाएको छ। राजनीति भनेको सरकार बनाउने र ढाल्ने कार्यमा ऊर्जा खर्च गर्ने माध्यममात्र भएको छ। राज्यले देशको समस्यालाई सम्बोधन गर्न किन सक्दैन। देश सुधार नहुनुमा दोषी को हो ? यी र यस्तै समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री एवम् पूर्व राजदूत दिपकुमार उपाध्यायसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

वैशाख १० को उपनिर्वाचनको परिणामलाई कसरी ग्रहण गर्नुभएको छ ?
संसद्‌मा गणितीय हिसाबले केही फरक नै देखिँदैन। सबै दललाई झड्का भने लागेको छ। अब गलत गर्ने सच्चिने हो। अब दलहरूले गलत महसुस गर्नुपर्छ। त्यसमा केन्द्रित भएर अगाडि बढ्नुपर्छ। गठबन्धन एकातर्फ र जनमत पार्टी, स्वतन्त्र पार्टी र एमालेले चुनाव लडेको कुरालाई हेरेर अगाडि बढ्नुपर्छ। एकातिर सबै दल मिले पनि अर्कोतर्फ जनमत देखिएको छ। यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो।

सबैभन्दा पहिला त कांग्रेस सुधार हुनुपर्ने होला नि ?
जनताको हितको कार्यका लागि सच्चिनु आवश्यक छ। कांग्रेसले छिटो एउटा नीतिमाथि छलफल गर्नुपर्छ। बिपीको समाजवाद, शिक्षा, स्वास्थ्य, रोजगार, आवास जस्ता कुनै कुरा बाँकी छैनन्। त्यसले गर्दा पनि हात लाग्यो शून्य भएको छ। राष्ट्रको आजको समस्याको बारेमा चिन्ता नै छैन। कसरी सरकार बनाउने भन्ने मात्र चिन्ता देखिएको छ। यसमा कसैलाई पनि दोष दिने ठाउँ नै छैन। तर सरकार कस्तो बन्छ हामी नियाल्न सक्छौँ।

तनहुँमा निर्वाचन हार्नुको कारण के हो ?
तनहुँ निर्वाचनले हामीलाई एउटा गम्भीर पाठ पढाएको छ। त्यहाँ गोविन्द भट्टराई उम्मेदवार नभएको भए त्यत्ति पनि मत प्राप्त हुने थिएन। त्यो भोटको सम्मान गर्नुपर्छ। जनताले अब रूख, सूर्य, हँसिया हथौडामा भोट हालेर केही हुँदैन भनेर नयाँ चिह्न रोजेका हुन्। यो एउटा मूल्य, मान्यता, आदर्श बेगरको राजनीतिले कसैलाई अगाडि बढाउन सक्दैन। यो जनताको निराशाको परिणाम मात्र हो। मुखले सुधार्ने भनेर केही हुँदैन। त्यसलाई कार्यमा पनि उत्रानुपर्छ। यो व्यावसायीरणबाट राजनीतिलाई हटाउन सक्नुपर्छ। देश अराजकतातर्फ नजाओस् भनेर अहिलेबाट नै हामी सजग नरहने हो भने अस्थिरता पैदा हुन्छ। जनतामा परनिर्भरता बढ्दै छ, त्यसमा विवाद छैन। अब अस्थिरतातर्फ जानबाट रोक्नुपर्छ। एउटा युवालाई १२ कक्षासम्म पढाउनको लागि राष्ट्रको लगानी न्यूनतम औषतमा ४० लाख हुन्छ। देशमा कुनै आशाको किरण नै नदेखेर बाहिर हाम फालेको अवस्था छ। यो क्रमलाई रोक्न सक्नुपर्छ। हाम्रो राजस्वमा आम्दानी भन्दा खर्च बढी रहेको छ। सधैँ ऋण लिएर देशको विकास कसरी हुन्छ ? अब सचेत भएर अगाडि बढ्ने समय आएको छ।

हाम्रो राजनीति किन समस्या केन्द्रित हुन सकेन, सम्भावना नभएर देश नबनेको हो ?
हाम्रोमा राष्ट्रिय स्वार्थमा कसैले ध्यान दिएको देखिँदैन। देशको सम्भावनाको बारेमा चिन्ता नै हुँदैन। सरकारी विद्यालय बलियो हुनुपर्ने तर त्यो छैन। निजी विद्यालयमा लाने खालको कार्य भएको छ। त्यो एक नकारात्मक पक्ष हो। निजी भन्दा सरकारी विद्यालय धेरै सम्भावना बोकेको क्षेत्र हुनुपर्छ। कसैले पनि अकालमा मर्नु नपरोस्। स्वास्थ्यका लागि विभिन्न विकासका योजनालाई तालिमको माध्यमबाट अगाडि बढाउन सक्नुपर्छ।

नयाँ दललाई निगरानीमा राखेर कार्य गराउँदा कस्तो होला ?
यो खासमा देखाउनको लागि मात्र हो। नेपाली जनताको लागि काम गर्ने जस्तो देखिँदैन। अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने होइन। अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आइपुग्ने वातावरण बनाउनुपर्छ। यो अध्ययन पद्धतिलाई अंगीकार गरेमा देशमा सकारात्मक विकास हुन्छ।

हाम्रो राजनीति बढी कुर्सी केन्द्रित किन भएको हो ?
हामी परिणाममा होइन प्रचारमा रमाउन थालेको अवस्था छ। उपाय र सम्भावना धेरै छन् तर राजनीतिलाई सदुपयोग गर्ने बुद्धिजीवीको कमी भएको छ। भएका बुद्धिजीवीले राजनीतितर्फ ध्यान दिएका छैनन्। नीतिगत रूपमा हस्ताक्षर भएका कारण कामहरू सफल रूपमा अगाडि बढ्न सकेका छैनन्। बहस, छलफल र सहमतिले देशलाई सकारात्मक बाटोमा अगाडि लैजान्छ। तर अहिले त्यो वातावरणसमेत देखिँदैन। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ३७ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय