प्रधानमन्त्रीले भने- महावीर पुनसँग आजै सहमति हुन्छ | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- महावीर पुनसँग आजै सहमति हुन्छ


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सहमति हुने बताएका छन् ।

आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने माग गर्दै पुन चार दिनदेखि मातीघरमा धर्ना बसेका छन्।

सरकारले आइतबार वार्ता थालेको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले चितवनमा पत्रकारसँग लिखित सहमतिको तयारी रहेको सुनाए।

यसअघि आफूसँग भएको भेटमा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भनेर हास्दै निस्किएको प्रचण्डले सुनाएका छन् ।

आफूले बस्नुस भन्न नमिल्ने तर बस्दा रकम छुट्याउन मद्दत नै हुन्छ भनेको पनि प्रचण्ड बताए । ‘करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु।’उनले भनेका छन् ।

महावीरको माग सम्बोधन गर्न सरकार तयार भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ११ : २२ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका