मुख्यमन्त्री कार्कीद्वारा मजदुर दिवसको शुभकामना « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा मजदुर दिवसको शुभकामना


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व मजदुर दिवसको अवसरमा  शुभकामना सन्देश जारी गरेका छन् ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरबाट जारी विज्ञप्तिमा उहाँले सम्पूर्ण श्रमजीवी वर्गको यो विशेष दिन १३४औँ विश्व मजदुर दिवस-अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन् । 

उनले आफ्नो अधिकारको माग गर्दै अमेरिकाको शिकागो सहरमा मजदुरले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका श्रमिकको सम्झनास्वरूप सन् १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको जारी शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

आजको दिनलाई विश्वभरीका मजदुर तथा श्रमजीवी वर्गले आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका आधारभूत हकअधिकार प्राप्तिको दिनका रूपमा स्मरण गर्ने गरेको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । उनले नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको भनी उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको विगुल फुकेको उल्लेख गरिएको छ । ‘नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु’, मुख्यमन्त्री कार्कीले भनेका छन् ।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकाले  सोहीअनुसार श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका विभिन्न ऐन कानुनको निर्माण भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् । सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको कुरा अवगत गराइएको छ । 

विश्व मजदुर दिवसका अवसरमा सम्पूर्ण  श्रमजीवी नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गदै नेपाली श्रमिक तथा तिनका प्रतिनिधि टेर्ड युनियनलाई श्रमिकको हकहित संरक्षणका निम्ति संगठित र एकताबद्ध भएर अघि बढ्न सफलता मिलोस भन्दै सबैमा शुभकामना मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ११ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)