मेक्सिकोमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु « Khabarhub

मेक्सिकोमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोको पश्चिमी राज्य नायरिटकाे राजमार्गमा पर्यटक बस पल्टिँदा करिब १८ जनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

नायरिट राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, ‘शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई राज्यका तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको हो ।’

पर्यटक बस जालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ गइरहेको समयमा दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  २ : १५ बजे

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन