लोकतन्त्रकाविरुद्ध अनेक प्रकारका तत्व सक्रिय हुन थाले : ओली « Khabarhub

लोकतन्त्रकाविरुद्ध अनेक प्रकारका तत्व सक्रिय हुन थाले : ओली


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध अनेक प्रकारका तत्वहरू सक्रिय हुन थालेको बताएका छ् ।

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले अनेक प्रकारका तत्वहरु लोकतन्त्रलाई मास्न अनुकुल अवस्था आयो कि आएन भनेर चिहाउन थालेको भन्दै नेपाली जनता सजग हुनुपर्ने बताए ।

उनले अहिलेको सरकार सरकारमा किन बसिरहेको छ भन्ने नै प्रष्ट हुन नसकेको धारणा राखे । ओलीले सिंहदरबारको फोहर उठाउने काम महानगरको नभएको भन्दै सरकारले फोहरमाथि राजनीति गर्न खोजेको आरोप लगाए ।

ओलीले एमालेले सरकार छाडेको दुई वर्ष नपुग्दै मुलुकको अर्थतन्त्र तहसनहस भएको जिकिर गरे । उनले सार्वजनिक सम्पतीका रुपमा मुलुकका ठूला उद्योगहरूलाई निजिकरणका नाममा कौडीका नाममा बेचेर देशलाई टाट पल्टाउने काम हिजो भएको र आज पनि हुन खोजेकाले यसलाई रोक्नुपर्ने बताएका छन् ।

ओलीले औपचारिक तथा अनौपचारिक क्षेत्रमा योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गरेको भन्दै विदेशमा रोजगारी गर्ने नेपालीहरूलाई योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : २८ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट