लोकतन्त्रकाविरुद्ध अनेक प्रकारका तत्व सक्रिय हुन थाले : ओली « Khabarhub

लोकतन्त्रकाविरुद्ध अनेक प्रकारका तत्व सक्रिय हुन थाले : ओली


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध अनेक प्रकारका तत्वहरू सक्रिय हुन थालेको बताएका छ् ।

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले अनेक प्रकारका तत्वहरु लोकतन्त्रलाई मास्न अनुकुल अवस्था आयो कि आएन भनेर चिहाउन थालेको भन्दै नेपाली जनता सजग हुनुपर्ने बताए ।

उनले अहिलेको सरकार सरकारमा किन बसिरहेको छ भन्ने नै प्रष्ट हुन नसकेको धारणा राखे । ओलीले सिंहदरबारको फोहर उठाउने काम महानगरको नभएको भन्दै सरकारले फोहरमाथि राजनीति गर्न खोजेको आरोप लगाए ।

ओलीले एमालेले सरकार छाडेको दुई वर्ष नपुग्दै मुलुकको अर्थतन्त्र तहसनहस भएको जिकिर गरे । उनले सार्वजनिक सम्पतीका रुपमा मुलुकका ठूला उद्योगहरूलाई निजिकरणका नाममा कौडीका नाममा बेचेर देशलाई टाट पल्टाउने काम हिजो भएको र आज पनि हुन खोजेकाले यसलाई रोक्नुपर्ने बताएका छन् ।

ओलीले औपचारिक तथा अनौपचारिक क्षेत्रमा योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गरेको भन्दै विदेशमा रोजगारी गर्ने नेपालीहरूलाई योगदानका आधारमा पेन्सन कार्यक्रमको सुरुवात गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : २८ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको