आम्दानीको गतिलो स्रोत ‘सिस्नो र गुन्द्रुक’  « Khabarhub

आम्दानीको गतिलो स्रोत ‘सिस्नो र गुन्द्रुक’ 


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बारीका काँल्लोभरि पाइने सिक्ने र जंगलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ । 

बागलुङको जैमिनी नगरपालिका–३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन् । स्थानीयले घरमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रको परिकार बनाएर खानमेत दिन्छन् ।

पछिल्लो समय विभिन्न कार्यक्रममा सहभागी हुने पाहुनालाई आयातित मायाको चिनोमा हजारौँ रुपैयाँ खर्च गरिँदै आएका सन्दर्भमा जैमिनीका स्थानीयले स्थानीयस्तरमै उत्पादित वस्तुको प्रयोग गर्न थालेका छन् । यसले उत्पादनको प्रवर्द्धन गरिरहेको छ भने आयातित वस्तुमा खर्च गर्ने रकम बचत गराइदिएको छ । गाउँघरमा खेर गइरहेका सिस्नो र बाँको अहिले पाहुनाको स्वादिष्ट परिकार बन्न पुगेको छ । यतिमा मात्रै नभई स्थानीयको आयआर्जनको गतिलो माध्यम बनेको छ ।

सिस्नो र बाँकोको प्रशोधन गरी बनेका पाउडर तथा सिन्कीको माग पछिल्लो समय बढ्दै गएको छ । खासगरी पहिले चुलोचौकोमा सीमित बनेका महिला अहिले व्यावसायिक बनेका छन् । यहाँका महिलाले सिस्नोको पाउडर र गुन्द्रुकसँगै आलुको चिप्ससमेत बनाउन थालेका छन् । यसले आलुको मूल्य दोब्बर पर्न थालेको छ । सीप सिकेर गाउँघरमा उत्पादित वस्तु प्रशोधन गरी नयाँ परिकार बनाउन थालेपछि आफूहरूको दैनिकी नै बदलिएको स्थानीय तारादेवी पुनले बताइन् ।

गाजा दह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्षसमेत रहेकी पुनले आर्थिकरुपमा पनि महिला विस्तारै मजबुत बन्दै जान थालेको बताइन् । पहिले अरुकै भरपर्ने स्थिति रहेको सुनाउँदै सीपले महिलालाई आत्मनिर्भर बनाउँदै गएको पुनको भनाइ छ । गाउँका महिला पनि पछिल्लो समय उत्पादन र व्यवसायमा लागेको पुन बताउँछिन्।

‘सबैभन्दा ठूलो सीप रैछ, सीपले सबैलाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्दो रैछ, पहिले यतिकै खेर गइरहेका सिस्नो र बाँको अहिले पैसा कमाउने वस्तु बनेको छ, घरमा आउने आफन्त र पाहुनालाई सिस्नोको पाउडर र गुन्द्रुक खान दिन्छौँ, बिदाइ भएर जाँदा कोसेलीका रुपमा थोरै धेरै दिएर पठाउँछौँ’, पुनले भनिन्, ‘अहिले गाउँका दिदीबहिनी सबै खुसी भएका छौँ, पहिले महत्वहीन मानेको सिस्ने अहिले निकै महत्वपूर्ण भएको बुझ्यौँ ।’

सिस्नोको पाउडर बजारीकरणमा नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् । चालू आर्थिक वर्षमा दुई हजार किलो सिस्नो पाउडर तयार गरी बिक्री भइसकेको छ । बजार मागअनुसार माग पूरा गर्न कठिन भएको पुनको भनाइ छ । माग बढ्दै गएपछि खाली जमिनमा सिस्नो रोप्ने तयारी भइरहेको पुनले बताइन् । 

सिस्नो पाउडर निर्माणको तालिम पाउनुअघि घर छेउछाउ, खेतबारी तथा खरवारीमा भएका सिस्नो मास्न आगो लगाउने, उखेल्ने स्थानीय अर्थोपार्जनसँग जोडिएपछि संरक्षण र विस्तारमा लागेका छन् । दमेकको सिस्नो पाउडर नेपालका ठूला सहर, ठूलो होटेलदेखि विदेशबाट पनि माग भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । चितवन, काठमाडौँ, पोखरा र हंकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताए । 

उपप्रमुख शर्माले भने, ‘यहाँका नागरिकले आम्दानीका लागि नगरपालिकाले एउटा प्रयास गर्‍यो, त्यो प्रयास सफल हुँदै गएको छ, दिदीबहिनीलाई तालिम र केही मेसिनको व्यवस्था गरेका थियौँ, उहाँहरु उत्पादनमा लाग्नुभयो, अहिले धेरै राम्रो भएको छ, उहाँले बेच्नसक्ने आफैँ बेच्नुहुन्छ, नत्र नगरपालिकाले त्यसको प्रबन्ध मिलाएको छ ।’

प्रतिकेजी छ सय ५० रुपैयाँमा सिस्नोको धुलो बिक्री भइरहेको छ । सिस्नोको धुलो जस्तै बाँकोको गुन्द्रुक पनि दमकको परिचय बनेको छ ।

बाँकोको गुन्द्रक एक सय ग्रामलाई दुई सय रुैपयाँमा बिक्री हुन्छ । स्थानीय कृष्ण पुनले यो क्षेत्रमा धान, गहुँ र मकै कम उत्पादन हुने हुँदा आफूहरु आलु उत्पादनमा लाग्दै आएको बताए। सिस्नोको माग बढ्न थालेपछि आलुसँगै बाँको र सिस्नो खेती विस्तार गर्न थालेको बताए । अहिले गाउँका धेरै स्थानीय आलु र सिस्नो खेतीमा लाग्न थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ४८ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको