संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तानबारे कतारमा वार्ता, तालिवान भने अनुपस्थिति « Khabarhub

संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तानबारे कतारमा वार्ता, तालिवान भने अनुपस्थिति


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोहा– अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान दिन दबाब सिर्जना गर्ने विषयमा सोमबारदेखि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा कतारमा सुरु हुन लागेको वार्तामा तालिवान अनुपस्थित हुने भएको छ ।

संयुक्त राष्ट्रङंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुई दिनसम्म सञ्चालन गरेको वार्तामा संयुक्त राज्य अमेरिका, चीन र रूसका साथै प्रमुख युरोपेली सहायता दाताहरू र पाकिस्तानजस्ता प्रमुख छिमेकीहरूका साथै करिब २५ देश र समूहका प्रतिनिधिहरू सहभागी छन् ।

तालिवान सरकारलाई आमन्त्रण गरिएको छैन र बैठकअघि नै प्रशासनको मान्यताको प्रश्न उठेको छ ।

सन् २०२१ को अगष्टमा सत्तामा फर्केका तालिवान शासकहरूलाई मान्यता दिने कुनै पनि कदमको विरोधमा अफगानी महिलाहरूको एउटा सानो समूहले काबुलमा सप्ताहान्तमा विरोध प्रदर्शन गरेको थियो ।

अफगान महिला समूहको गठबन्धनले आइतबार दोहा बैठकलाई लेखेको खुला पत्रमा कुनै पनि देशले औपचारिक सम्बन्धबारे विशेष विचार गर्न र यही अवस्थामा तालिवानलाई मान्यता नदिन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले मान्यता कार्यसूचीमा नरहेको बताउँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले गत महिना दोहाको बैठकले तालिवान सरकारलाई ‘सैद्धान्तिक मान्यता’ दिने ‘सानो कदम’ पत्ता लगाउन सक्ने बताएकी थिइन् ।

संयुक्त राष्ट्रसङ्घले उक्त टिप्पणीको गलत व्याख्या गरिएको जनाएको छ । कुनै पनि देशले तालिबान प्रशासनसँग औपचारिक सम्बन्ध स्थापित गरेका छैनन् र संयुक्त राष्ट्रसङ्घको सदस्यता संयुक्त राष्ट्रसङ्घको महासभाले मात्र तय गर्न सक्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेस दोहा पुग्नुअघि उनको कार्यालयले महिला तथा बालिकाको अधिकार, समावेशी शासन, आतङ्कवाद र लागूपदार्थको ओसारपसारविरुद्ध लड्नका लागि तालिबानसँग कसरी सहकार्य गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायभित्र साझा समझदारी हासिल गर्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ४ : ३५ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको