द्वन्द्व समाधानका लागि राष्ट्रसङ्घीय प्रतिनिधि सुडान जाँदै « Khabarhub

द्वन्द्व समाधानका लागि राष्ट्रसङ्घीय प्रतिनिधि सुडान जाँदै


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खार्तुम- सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले राजधानी खार्तुममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक लडाईं जारी भएपछि यो घोषणा गरेका हुन् ।

महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिएको प्रवक्ता स्टेफन दुजारिकले बताए ।

संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् ।

उनले भने, “रातारात अकल्पनीय तथा कहालीलाग्दो हिंसा यापन गरेका लाखौं मानिसलाई तत्काल कसरी राहत दिन सकिन्छ भनेर खोजी गर्न म यस क्षेत्रमा जाँदैछु ।”

तथापि, मानवीय कार्यालयहरू र गोदामहरूमा भएको ठूलो लुटपाटले अधिकांश आपूर्तिहरू नष्ट गरिदिएको बताउँदै उनले थप सामग्री ल्याउन र वितरण गर्न तत्काल उपायको खोजी गरिरहेको बताए । उनले भने, “त्यहाँको समाधान भनेको युद्ध रोक्नु हो ।”

गत अप्रिल १५ मा भएको हिंसात्मक झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने दशौँ हजार मानिस आफ्नो घर छाडेर देशभित्रै वा विदेशमा सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।

“सुडानमा तीव्र गतिमा बिग्रँदो मानवीय सङ्कटलाई मध्यनजर गर्दै ग्रिफिथ्सको त्यसतर्फ जान लागेको गर्दै प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानका लागि राष्ट्रसङ्घीय प्रतिनिघिले तत्काल यस क्षेत्रको भ्रमण गर्नुहुनेछ ।”

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानमा जुन परिमाणमा मानिसहरू हताहत भएका छन् त्यो अकल्पनीय छ । हामी निकै चिन्तित छौं ।”

ग्रिफिथ्सका अनुसार परिवारहरू पानी, खाद्यान्न, ईन्धन र अन्य वस्तुहरू प्राप्त गर्न संघर्ष गरिरहेका छन्, केहीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूबाट बाहिर ढुवानीको लागतको कारण स्थानान्तरण गर्न असमर्थ छन् ।

उनले भने, “स्वास्थ्य सेवा तत्कालका लागि अत्यन्तै सीमित छ, जसले रोकथाम गर्न सकिने मृत्युको जोखिम बढाउँछ ।”

सुडानको बन्दरगाहमा पाँच कन्टेनर इन्ट्राभेनस फ्लुइड र अन्य आपतकालीन सामग्रीहरू अधिकारीहरूको स्वीकृतिको पर्खाइमा राखिएको उनले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ६ : २१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको