उज्बेकिस्तानमा संविधान सुधारको पक्षमा मतदान : निर्वाचन आयोग « Khabarhub

उज्बेकिस्तानमा संविधान सुधारको पक्षमा मतदान : निर्वाचन आयोग


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तास्कन्द- मध्य एसियाली मुलुक उज्बेकिस्तानका मतदाताले राष्ट्रपति शावकत मिर्जियोयेभलाई सन् २०४० सम्म सत्तामा रहिरहन सक्नेगरी गरिएको संवैधानिक परिवर्तनको पक्षमा मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार करिब ९० प्रतिशत मतदाताले सुधारको समर्थन गरेका छन् । त्यहाँ आयोजित जनमत सङ्ग्रहमा करिब ८५ प्रतिशत मतदाता सहभागी भएको बताइएको छ । मतदानको नतिजाबारे प्रतिक्रिया जनाउँदै अधिकारवादी समूहहरूले सरकारको अधिनायकवादी प्रवृत्तिले असहमतिका लागि ठाउँ सीमित गरेको बताएका छन् ।

तत्कालिन शासक इस्लाम करिमोभको सन् २०१६ मा मृत्युपछि ६५ वर्षीय मिर्जियोयेभ राष्ट्रपति बनेका थिए । तीन करोड ५० लाख जनसङ्ख्या भएको भूपरिवेष्ठित मुलुकमा संविधान संशोधनले शासन व्यवस्था र जीवनस्तरमा सुधार ल्याउने उनको भनाइ छ ।

तर पर्यवेक्षकहरूका अनुसार मिरजियोयेभलाई मुस्लिम बहुल देशमा सबैभन्दा बढी फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रस्तावित परिवर्तनले राष्ट्रपतिको कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याउनेछ र उनलाई थप दुई कार्यकाल सेवा गर्न सक्ने आधार मतदानबाट मिलेको छ । यस संशोधनसँगै उनले सन् २०४० सम्म आफ्नो कार्यकाल लम्ब्याउन सक्नेछन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : १७ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा