पुरुषको तुलनामा महिलामा बढी हुन्छ थाइराइड « Khabarhub

पुरुषको तुलनामा महिलामा बढी हुन्छ थाइराइड


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

नेपालमा थाइराइडका बिरामी धेरै छन्। विश्वका आधाभन्दा बढी जनसंख्या थाइराइड रोगबाट ग्रसित छ। यो पुरुषको तुलनामा महिलामा धेरै देखिने गर्छ। सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो। थाइराइड एउटा ग्रन्थी हो, तर रोग होइन। यो एउटा सानो पुतली आकारको अंग हो। यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ। यसलाई शरीरको महत्त्वपूर्ण अंग पनि मानिन्छ। थाइराइड आफैमा एक रोग हो। यो मेटाबोलिज्मको कमीका कारण हुने भएकाले यसलाई अटो इम्युन डिजिज पनि भनिन्छ। के हो त थाइराइड भनेको ? के कारणले हुन्छ ? लक्षण के के हुन् ? बच्ने कसरी ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि थाइराइड, सुगर तथा हर्मोन रोग विशेषज्ञ डा. अलर्क देवकोटासँग गरिएको कुराकानीको सम्पादित अंश :

थाइराइड के हो ?
थाइराइड भनेको एउटा ग्रन्थी हो। जुन घाँटीको अघिल्लो भागमा हुने गर्छ। धेरै जनाले यसलाई रोग भनेर पनि मान्ने गरेको पाइन्छ तर थाइराइड रोग होइन, थाइराइड ग्रन्थीमा कुनै समस्या आयो वा अन्य कुनै कारणले थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइड उत्पन्न हुने गर्छ। थाइराक्सिन नामक हर्मोनको उत्पादन गर्ने यस ग्रन्थीले मुटु, मस्तिष्क, मिर्गौला लगायतका शरीरका भागलाई नियन्त्रण गर्छ। जब शरीरमा थाइराइड हर्मोनको कमी हुन्छ। जसले गर्दा शरीरले खानालाई शक्तिमा परिणत गर्न सक्दैन।

के कारणले थाइराइड रोग लाग्छ ?
थाइराइड धेरैजसो मानिसमा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएको कारण लाग्ने गर्छ। यो वंशाणुगत रूपमा पनि हुने गर्छ। यो अटोइमिन्युन डिजिज हो। अटोइमिन्युन डिजिज भनेको शरीरको कोषको खराबी हो। नेपालको सन्दर्भमा हेर्दा आयोडिनको कमीले नै धेरै हुने गर्छ। साथै कतिपय अवस्थामा अरु रोगको उपचार गर्दा थाइराइड ग्रन्थीले काम गर्न नसक्ने कारणले पनि थाइराइड हुने गर्छ। लामो समयसम्म रुघा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थीमा संक्रमण भएर यो रोग देखिन सक्छ। वातावरणीय प्रदूषणले गर्दा पनि थाइराइड हुने गर्छ।

थाइराइड भएपछि कस्ता कस्ता लक्षण देखा पर्छन् ?
थाइराइड हुँदा सबैलाई लक्षण देखा पर्दैन। यो रोग लागेको या नलागेको भनेर अस्पतालमा नै गएर जाँच गरेपछि मात्र थाहा हुन्छ। सामान्यतया यसका यसका लक्षणमा महिलामा महिनावारी बिग्रने, कपाल झर्ने, मोटोपन बढ्दै जाने, जीउ सुन्निने, निःसन्तान हुन्छ र पुरुषमा जीउ गल्ने, घाँटीको अघिल्लो भाग सुन्निने, कपाल झर्ने लगायत पर्छन्। साथै अनुहार फुल्ने, स्वर धोद्रो हुने, मांसपेशी कमजोर हुने, दुख्ने, जोर्नी सुन्निने लगायतका लक्षण देखा पर्छन् तर कसैको पनि जाँच नगरी यकिनका साथ भन्न सकिँदैन। त्यसैले समयमा नै थाइराइड परीक्षण गर्नुपर्छ। यो पुरुषको तुलनामा महिलामा ६ देखि ८ गुणाले नै बढी देखिन्छ।

थाइराइड वंशाणुगत कारणले पनि हुने हो ?
हुन्छ। विशेष गरी अटोइम्युन डिजिज वंशाणुगत कारणले हुने गर्छन्। हामीले हाइपोथाइराडिज्म जाँच गर्दा वंशाणुगत हुनेगर्छ। घरमा भएका कुनै सदस्यलाई छ भने अरूलाई पनि हुने सम्भावना बढी हुन्छ। त्यसैले परिवारमा कसैलाई छ भने एक पटक आफ्नो पनि जाँच गराउनुपर्छ।

कुन उमेर समूहमा बढी हुन्छ ?
यो सामान्यतया महिलामा १८ वर्षदेखि नै देखिने गरेको छ। तर, २५ देखि ३० वर्षसम्मको उमेर समूहमा बढी देखिन्छ। कतिपय महिलालाई ५० वर्षपछि पनि देखिने गरेको छ। तर, २५ देखि ३० वर्षको उमेर समूहमा बढी देखिने गरेको छ।

यसको उपचार कसरी हुन्छ ?
कसैले जन्मिदा नै लिएर आउँछ। त्यसैले थाइराइड सबै व्यक्तिमा हुन्छ। यो हाम्रो शरीरको अभिन्न अंग हो। यो आफैमा रोग होइन। तर, यो अगंले काम गर्न छोडेमात्र रोग हुने हो। यसको उपचारको लागि पहिला त हामीले हाइपोथाइराडिज्म हो वा हाइपरथाइराडिज्मसँगै अरु भएको छ कि छैन। त्यो थाहा पाउनुपर्छ। कसैलाई थाइराइड क्यान्सर भएको पनि हुनसक्छ। थाइराइड कुन प्रकारको भएको छ भन्ने थाहा पाउन प्रयोगशालामा गएर रगत जाँच गर्न सकिन्छ। रगत जाँचको रिपोर्ट आएपछि त्यही अनुसारको औषधि खान सकिन्छ।

थाइराइड नहोस् भनेर के के कुरामा ध्यान दिने ?
– आयोडिन खाने।
– सन्तुलित आहार भोजन गर्ने।
– जहिले पनि आफ्नो शरीरको तौल नियन्त्रणमा ध्यान दिनु।
– आफ्नो परिवारमा कसैलाई थाइराइडको समस्या छ भने एक पटक अनिवार्य रूपमा जाँच गराउने।
– चिनीको मात्रा कम प्रयोग गर्ने
– गर्भावस्थामा विशेष ख्याल राख्ने
– उमेरअनुसार भिटामिन र आयोडिनको मात्रा लिने।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ०९ बजे

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन