उपप्रमुखमाथि कार्यकक्षमै आक्रमण प्रयास « Khabarhub

उपप्रमुखमाथि कार्यकक्षमै आक्रमण प्रयास


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमै आक्रमणको प्रयास भएको छ । गौशाला–२ निगौलस्थित निर्माणाधीन धर्मशालाको विषयमा न्यायिक छलफल भइरहेको वेला उपमेयर रेणु कुमारी महतोमाथि कार्यकक्षमै आक्रमण प्रयास भएको हो  ।

नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र ठाकुरले निजी जग्गा भएको भन्दै दाबी गरेपछि न्यायिक समितिकी संयोजक समेत रहेकी उपमेयर महतोले सरोकारवालालाई बोलाएर मंगलबार बेलुका छलफल अगाडि बढाएकी थिइन् । छलफलकै क्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलले तथानाम गाली गर्दै उपमेयरलाई नै हातपात प्रयास गरेको आरोप लागेको छ ।

उपमेयर महतोले श्यामसुन्दर मण्डलले विषयवस्तुलाई विषयान्तर गरि सुनियोजित ढंगले आक्रमण प्रयास गरेको बताइन् । उनका अनुसार उपमेयरका सहयोगी तथा श्रीमान दिपेन्द्र महतोलाई विवादकै क्रममा अध्यक्ष मण्डलले धक्कामुक्का गर्दा सामान्य घाइते भएको बताइएको छ । उनको हातमा सामान्य चोट लागेको छ । ज्यान मार्ने धम्की समेत दिएको उनको भनाइ छ ।

अध्यक्ष मण्डलले उपमेयर महतोलाई समेत धम्की दिएको प्रत्यक्षदर्शीले बताए । घटनास्थललाई नजिक रहेका स्थानीय बलराम सापकोटाले उपमेयरको कार्यकक्षमा अमर्यादित गाली  बेइज्जतीका काम भएको बताए ।

वडा अध्यक्ष  श्यामसुन्दर मण्डलले भने उपमेयरका श्रीमानले नै आक्रमणको प्रयास गरेको बताएका छन् । अध्यक्ष मण्डलले उपमेयरसँग कुरा गरिरहेको वेला सामान्य विवाद भएको बताए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : ४८ बजे

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन