भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने « Khabarhub

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भएको छ । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य लिएको जानकारी दिएका हुन् । 

फुकोट कर्णाली र तल्लो अरुणको विद्युत् आयोजनामा सहयोग गर्ने सम्झौता भएको र यसले नेपालको विद्युत् क्षेत्रको विकास सहयोग पुग्ने प्रधानमन्त्री मोदीले बताए । 

प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको जानकारी दिँदै उनले पछिल्लो ९ वर्षमा भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनेको बताए । 

नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  १ : ४४ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६