रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिनेछौँ : मोदी | Khabarhub Khabarhub

रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिनेछौँ : मोदी


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिएर काम अघि बढाउने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको बताउँदै रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिइने जानकारी दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाउने निश्चित गरेको मोदीको भनाइ छ । ‘नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत छ । यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ,’ पत्रकार सम्मेलनमा मोदीले भने । 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  २ : ३३ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा