महिला क्रिकेट :  तेस्रो खेलमा नेपाल विजयी | Khabarhub Khabarhub

महिला क्रिकेट :  तेस्रो खेलमा नेपाल विजयी


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।

यस जितसँगै नेपालले तीन खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो ।

मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १-१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । इन्दु बर्माले २० रन बनाइन् ।

मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसाविनिफ्रेड दुराईसिंघमले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ३ : २३ बजे

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

काठमाडौँ– वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको विषय नेपालका

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

जनकपुरधाम– राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं

भोजपुरको सुन्तले र बाघखोर पर्यटकीय गन्तव्य बन्दै 

भोजपुर– भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय

पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना

कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री

चीन–नेपाल सम्बन्धमा नयाँ ऊर्जा : चिनियाँ प्रधानमन्त्री

बेइजिङ– चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको