कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते « Khabarhub

कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुजफ्फरगढ- पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बम विस्फोट भएको घर फोहोर मैला व्यवस्थापन गर्ने व्यक्तिको भएको बुझिएको छ ।

मृतकमध्ये तीन जना महिला रहेको र मृतक सबै एकै परिवारका रहेको बताइएको छ । मृत्यु हुनेमा हसिना माई (४०), बिलाल (३८), इकबाल (३०), शानो माई (२८) र चार वर्षीया सादिया बिबी रहेको द न्युज इन्टरनेशनलले जनाएको छ ।

घाइतेहरूलाई जिल्ला सदरमुकाम अस्पताल कोटअड्डु लगिएको छ । यद्यपि विस्फोटको कारण र प्रकृति भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ५८ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय